एक मात्रा लगाए हुने जोनसनको खोप आजदेखि लगाइँदै
काठमाण्डौ – कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप लगाइँदै छ । एक मात्रा मात्रै लगाए हुने यो खोप बिहान १० बजेदेखि देशका विभिन्न ठाउँबाट दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो । आजदेखि पर्सिसम्म जोनसन एण्ड जोनसनको खोप लगाइने उहाँले जानकारी दिनुभयो ।
यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ । यसैबीच, आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौ उपत्यकाभित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुहुने भएको छ ।प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबाैद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नुहुने छ ।
तपाइँको प्रतिक्रिया