इच्छाकामनाका बाढि पहिरो प्रभावितलाई राहत बितरण
चितवन – बिगत केही समय देखि परेको पानीका कारण बाढि पहिरोबाट प्रभावित भएकाहरुलाई राहत बितरण गरिएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा रहेका बाढि पहिरो प्रभावितहरुलाई नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीको अग्रसरतामा राहत बितरण गरिएको हो ।
त्यस क्षेत्रमा रहेका ५२ परिवारलाई खाध्ययन सहयोग गरिएको जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार अमेरीकामा रहेका सहयोगी मनहरुको सहयोगले राहत जुटेको हो । एनआरएएन अमेरीकाका बरिष्ठ उपाध्यक्ष कृष्णजिवि पन्त (तनहुँ), नेपाललि काँग्रेस जन सम्पर्क समिति मकाउका संस्थापक सभापति एबं तरुण बिभागका केन्द्रय सदस्य अमिर जोशी(तनहुँ), एनआरएएनका अभियान्ता सुजन खनाल(तनहुँ) र सामाजिक व्यक्तित्व कृष्ण गुरुङ(चितवन)को आर्थिक सहयोगमा खाध्य बितरण गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशी, जिल्ला सदस्य केशब महर्जन, इच्छाकामना गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बिजय थापा मगर, नेपाल तरुणदल चितवनका सचिब प्रल्लाद उप्रेती, नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १० का सभापति ध्रुर्व सुवेदी, सचिब कृष्णबिलास अधिकारी, इच्छाकामना गाउँपालिका वडा नम्बर ७ का सभापति मानवहादुर गुरुङ्को सहभागिता रहेको थियो । सो अवसरमा वडा कार्यालयलाई स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको छ ।
तपाइँको प्रतिक्रिया