चाडपर्व सुरु भएको भन्दै धार्मिक स्थलमा भिडभाड नगर्न चितवन प्रशासनको आग्रह

एटुजेड समाचार

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्व सुरु भएको भन्दै धार्मिक स्थलमा भिडभाड नगर्न आग्रह गरेको छ । आज (आइतबार) एक सुचना जारी गर्दै प्रशासनले कोरोनाको जोखिम कायमै रहेकोले धार्मिक स्थलमा भिडभाड नगर्न आग्रह गरेको हो ।

यस वर्षको चाडपर्व सुरु भएको तर कोभिड १९ को जोखिम अझै उच्च नै रहेको भन्दै प्रशासनले मठ, मन्दिर, धार्मिक नदी तलाउ, गुम्बा चर्च, मस्जिदमा भिडभाड नगर्न आग्रह गरेको छ । जारी सुचनामा घरमै स्वास्थ्य मापदण्ड पालना गरेर आफ-आफ्नो सँस्कृति, धर्म परम्परा अनुसार धार्मिक कार्य आग्रह पनि आग्रह गरिको छ ।

प्रशासनले धार्मिक क्षेत्रहरुमा दैनिक नित्य पूजा बाहेक जमघट गर्न नपाईने गरी आदेश जारी गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु