संसदको अवमूल्यन गर्ने प्रयासमा सर्वोच्चको फैसलाले लगाम लगायो : सभामुख
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको गरिमालालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगाएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य दिँदै उनले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल भएको बताए । ‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ’ उनले भनेका छन्, ‘प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ ।’
सभामुख सापकोटाले संसद पुनर्स्थापना हुनु गौरवपूर्ण भन्दै सबै सांसदहरुलाई बधाइ दिए । ‘यो सभाको सार्वभौम अधिकारलाई पुनः स्थापित गर्न आफ्नो तर्फबाट योगदान पु–याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चार जगत, नागरिक समाज एवं आम जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु’ उनले भनेका छन् ।
उनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसलाका लागि सर्वोच्च अदालतलाई पनि धन्यवाद दिएका छन् ।
तपाइँको प्रतिक्रिया