चितवन – चितवनको रत्नननगर नगरपालिका ११ स्थित पञ्चकन्या सामुदायीक वनमा गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । आज (आइतबार) दिउँसो गैंडाले आक्रमण गर्दा रत्नननगर ११ सितलटोलका ७५ वर्षीय रोहिका कुमालको मृत्यु भएको हो ।
सामुदायीक वनमा निगुरो टिप्न गएका उनलाई दिउँसो २:४० बजे गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा दिउँसो ३:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

