ओली सरकारले गरेका संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट खारेज

एटुजेड समाचार

राष्ट्रपति विद्यादेवि भण्डारीले केपी ओली नेतृत्वको सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता, सभामुख नभएपनि बैठक बस्न मिल्ने र संवैधानिक निकायहरुमा नियुक्ती गर्न मिल्नेगरी ओली नेतृत्वको सरकारले अध्यादेश जारी गरेको थियो । तर नयाँ सरकार गठन भएपछि ओली सरकारले जारी गरेको अध्यादेश खारेज गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु