बझाङ-सिलगढी जोड्ने सडक पहिरोले अवरुद्ध
लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ। उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि यातायात सञ्चालन र आवतजावतमा समस्या भएको छ। अवरुद्ध सडक सञ्चालनका लागि कुनै पनि निकायबाट पहल नभएको भन्दै नागरिक आक्रोशित बनेका छन्।
तपाइँको प्रतिक्रिया