दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिने भएका छन् । केहीबेरअघि सम्पन्न भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।
यसअघि नै कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइसकेका छन् । सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएको प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न चार बजे बस्दै छ ।
तपाइँको प्रतिक्रिया