रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा माडीका बाढिपिडितलाई राहत बितरण
चितवन – रोटरी क्लव अफ नारायणी मिड टाउनले चितवनको माडी नगरपालिका वडा नम्बर १ को बनकट्टा, सेरुवा, भङ्गरा र गर्दी गाउँका बाढी पिडितहरुलाई खाद्यान्न तथा त्रिपाल बितरण गरेको छ ।उक्त राहत वितरण कार्यक्रम रोटरियन रामचन्द्र लम्सालको संयोजनमा सोही वडाका वडा अध्यक्ष कृष्ण पौडेल वडा सदस्य शिव कार्की र स्थानिय समाजसेबी खेम महतोको उपस्थितिमा गरिएको थियो ।
वडा अध्यक्षकै अनुरोधमा रोटरीले सो क्षेत्रका बाढी पिडित परिवारलाई खाद्यान्न तथा त्रिपालको वितरण गरिएको रोटरीका अध्यक्ष राजेश्वर खनालले जानकारी दिए । माडी नगरपालिका १ को विभिन्न ठाउँमा बाढी पिडितहरुले अत्यन्तै कष्टकर जीवन भोगीरहेको र खाद्यान्न समेतमा अभाब सिर्जना भैरहेको खबर वडा अध्यक्ष मार्फत जानकारीमा आएपछि रोटरियनहरु ९० परिवारका लागि खाद्यान्न र त्रिपाल सहितको राहत सामग्री लिएर सोही क्षेत्रमा पुगेको खनालले बताए ।
जुन कर्म बाट मनमा आनन्द र हृदयमा खुसी प्राप्त हुन्छ त्यो नै सेवा हो भन्दै माडी क्षेत्रका बाढी पीडितहरुलाइ महामारीको बेला १ लाख २५ हजार बराबरको राहत सामग्री वितरण गर्न सहयोग गर्ने सबैलाइ रोटरीका पुर्व अध्यक्ष डा . केशब भुर्तेलले धन्यबाद ब्यक्त गरे ।सो कार्यक्रममा आशिष भण्डारी रोट्र्याक अध्यक्ष प्रबेश अर्याल, अर्पणा प्रधान भण्डारी, अनिता खनाल लगायत २० जना रोटरियन र स्थानिय समाजसेवी हरुको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया