लायन्स क्लब अफ चितवन सेन्ट्रलद्वारा बिद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण
चितवन – लायन्स क्लब अफ चितवन सेन्ट्रलले शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । क्लबले खैरहनी नगरपालिका वडा नम्बर २ पटिहानी स्थित श्री राष्ट्रिय आधाभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।संयुक्त रास्ट्रसंघ पछिको सबैभन्दा ठुलो मानवसंजाल रहेको अन्तरास्ट्रिय सामाजिक संस्था हो लायन्स क्लब, अन्तरास्ट्रिय नेपालमा लायन्सक्लबको स्थापना पुर्व प्रधानमत्री मातृका प्रसाद कोइरालाको समयमा इस्वी सम्बत १९७१ मा लायन्स क्लब अफ बिराटनगर बाट भएको थियो।
अन्तरास्ट्रियमा नेपाललाई ३२५ कोड दिईएको छ भने वि १, वि २, ए १ र ए २ गरि चार जिल्लामा विभाजन गरिएको छ। नेपालमा ४ वटा जिल्ला मध्य ३२५ वि २ मा पर्ने लायन्स क्लब अफ चितवन सेन्ट्रलले नयाँ कार्यकालको अवसरमा विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको क्लबका नव निर्वाचित अध्यक्ष लायन अजामिन ढकालले बताए । अध्यक्ष ढकालको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा सोहि स्थानका वडाध्यक्ष टिका दत्त इटानी प्रमुख अतिथिको रहेका थिए ।
संस्थाका संस्थापक अध्यक्ष भोलानाथ पौडेलले समाजमा गरिविका कारण पढाईवाट वन्चित वालवालिकालाई शैक्षिक विकासको लागि थप सहयोग गर्ने प्रतिवद्दता जनाए । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष खोमकान्त रेग्मि स्वागत मन्तव्य राखेका थिए ।साथै “My lions village ” अन्तर्गत सोहि वार्डमा रहेको नमुना गाउँलाई यो लायन वर्षको लागि हरेक कार्यक्रमहरु एकै ठाउ केन्द्रित गर्ने गरि छनौट गरि आगामी कार्यक्रम गर्ने घोषणा गरिएको क्लवका पुर्व अध्यक्ष लायन कपिल ज्ञवालीले जानकारि दिए ।
तपाइँको प्रतिक्रिया