जसपाका चार सांसद गरे कित्ता परिर्वतन: महन्थ छोडेर उपेन्द्रको पक्षमा
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का चार सांसद उपेन्द्र यादव पक्षमा लागेका हन् । महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनस्र्थापनासँगै यादव पक्षमा लागेका हुन् ।
पार्टी कार्यालय, बालकुमारीमा जारी संसदीय दलको बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । उनीहरुले अरु पनि आउने दाबी गरेको जसपाका एक नेताले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया