कांग्रेस महाधिवेशन: कोइराला परिवारबाट साझा उम्मेदवारको गृहकार्य
काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको तयारी चलिरहेका बेला कोइराला परिवारबाट राजनीतिमा सक्रिय रहेका डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाको भेटघाट बाक्लिएको छ। कोइराला परिवारबाट कांग्रेसको साझा उम्मेदवार तय गर्ने प्रयास भइरहेको छ।
आज शशांक निवास महाराजगञ्जमा कोइराला परिवारका सदस्यहरुबीच छलफल भएको छ। सभापतिको दाबेदार समते रहेका विपीपुत्र डा शशांक कोइरालाले डा. शेखर कोइराला र सुजाता कोइरालालाई लञ्चमा बोलाएका थिए। तीनै जनाले सभापतिका आकांक्षी हुन्।
उपप्रधानमन्त्रीसहित सभापति देउवा नेतृत्वको सरकारमा सामेल हुने सुजाताको इच्छा रहेको चर्चा चलेपछि पार्टी महाधिवेशन र सरकारमा सहभागिताका विषयमा पनि आजको भेटमा छलफल भएको बताइएको छ।
तपाइँको प्रतिक्रिया