१८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाको खोप दिइने
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ ।
साउन ६ गते भित्र चिनबाट खरिद गरिएका थप खोपहरु आउने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ ।
सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ । मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, हामी सबैले खोप लगाउन पाउने छौं ।’
उनका अनुसार कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका दोस्रो डोजको पनि व्यवस्था भइसकेको छ । केही दिन भित्र कोभिसिल्डको दोस्रो डोजको खोप अभियान सन्चालन हुने उनले बताए ।
तपाइँको प्रतिक्रिया