चितवनमा बैकिङ कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ
चितवन – चितवनमा बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका ११ का भरतराज खनाललाई आज (शुक्रबार) दिउँसो १:२५ बजे पक्राउ गरेको हो ।
खनाललाई भरतपुर ९ शरदपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पक्राउ परेका खनाललाई उच्च अदालत पाटनले २०७७ फागुन ३ गते बैंकिङ कसुर मुद्धामा ८ दिन कैद र २२ लाख जरिवाना तोकेको थियो ।
तपाइँको प्रतिक्रिया