चितवनमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो
चितवन – चितवनमा कोरोना भाइरस संक्रमितको संख्या १८ नाघेको छ । पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १८ हजार ११७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गर्दा ९८ तथा एन्टिजेन गरिएका मध्ये ७३ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ९१ जना रहेका छन् । यस्तै खैरहनीका २१, माडीमा ९, रत्ननगरमा १७, राप्तीमा १० र कालिकामा २३ जनामा कोरोना पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १६ हजार १५० जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५९ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्लाभर १ हजार ६६२ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये १ हजार ५३९ जना होम आइसोलेसनमा छन् भने १०८ जना अस्पताल तथा १५ जना संस्थागत आइसोलेसनमा छन् ।
संक्रमित मध्ये अहिलेसम्म ३०५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ जना संक्रमितको मृत्यु भइसकेको छ । दुबै भरतपुर महानगरपालिका भित्रका संक्रमितहरु हुन् ।
तपाइँको प्रतिक्रिया