दिग्गज बलिउड अभिनेता दिलीप कुमारको निधन

एजेन्सी – भारतीय वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ । केही दिनयता बिरामी परेका दिलीप कुमारको ९८ वर्षको उमेरमा बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्वासप्रश्वासमा समस्या भएपछि दिलीप कुमारलाई गएको जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो । दिलीप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् ।
११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।



बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उनले पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय थिए । उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो
तपाइँको प्रतिक्रिया