चितवन – चितवनमा पछिल्लो २४ घण्टामा एक सय १७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ९८ जना पिसिआर परीक्षणबाट हुन् भने १९ जना एन्टिजेनबाट हुन् ।
उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ९२ जना छन् । यस्तै खैरहनी नगरपालिकाका २, माडीका ६, रत्ननगरका ७, राप्तीका ४ र कालिकाका ६ जना रहेका छन् । अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या १६ हजार ८६३ पुगेको छ ।



यस्तै पछिल्लो २४ घण्टामा १०१ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १५ हजार ३०५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । १ हजार २७१ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये एक हजार १२९ जना होम आइसोलेसनमा छन् भने १०९ जना अस्पताल तथा ३३ जना संस्थागत आइसोलेसनमा छन् ।
यस्तै चितवनमा कोरोना संक्रमणबाट २८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य छ ।