घटनास्थल नजिकै भेटियो सुजिताको मोबाइल

एटुजेड समाचार

चितवन  – आइतबार मृत अवस्थामा भेटिएकी चितवनको राप्ती नगरपालिका ३ कि सुजिता भण्डारीले प्रयोग गरेको मोबाइल फेला परेको छ ।

आइतबार राति सुजिताको शव भेटिएको स्थान नजिकै उनको मोबाइल भेटिएको हो । उनको मोबाइलको सिम कार्ड भने नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी सूर्य बहादुर थापाले जानकारी दिए ।

‘आइतबार सुजिताको शव भेटिएको भन्दा केही तल आज उनको मोबाइल पनि भेटिएको छ, डिएसपी थापाले भने, थप अनुसन्धान गर्छौं ।’ उनको मोबाइलको ब्याट्री भने आइतबार नै शव नजिकै फेला परेको थियो ।

यस अघि प्रहरीले घटनास्थलको सुजिताको झोला, पैसा र पेतेराको विषादीको बट्टा फेला पारेको थियो । घटनास्थलमा थप प्रमाणहरु खोज्ने क्रममा आज मोबाइल भेटिएको उनले बताए ।असार ११ गते हराएको दिन सुजिताले त्यही मोबाइलबाट फोन गरेर आफु अपहरण परेको भनी जानकारी गराएको सुजिताकी दिदी कबिताले बताएकी थिईन् । त्यसको १० दिन पछि सुजिताको शव आइतबार दिउँसो ब्रम्स्थानी सामुदायीक वनमा भेटिएको थियो ।

प्रहरीले सुजिताको शव पोष्टमाटमका लागि सोमबार राति शिक्षण अस्पताल काठमाडौं पठाइसकेको छ । साथीको घर जान भनी ११ गते बिहान ६ बजे घरबाट निस्केकी भण्डारीको शव सडेगलेको अवस्थामा भेटिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु