नेकपा एमाले विवाद समाधान सम्बन्धि कार्यदलको बैठक सिंहदरवारमा शुरू भएकाे छ । बैठक शुरू भएकाे एमाले नेता सुरेन्द्र पाण्डेले जानकारि दिनुभयाे । बैठकमा केही ठाेस सहमतिकाे खाका वा संयुक्त वक्तव्य आउने अनुमान गरिए पनि नेताहरूले यसबारे कुनै जानकारी दिनु भएकाे छैन्।
गत जेठ २ गते प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल गरी दुवै पक्षबाट पाँच–पाँच जना सदस्य सम्मिलित कार्यदल गठन गरिएको थियो । एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको उक्त कार्यदलको औपचारिक बैठक पछिल्लो समय भने निस्क्रिय रहदै आएको थियो । तर यसबीचमा २० देखि २५ वटा अनौपचारिक छलफल एवम् भेटवार्ताहरु भएको कार्यदलका नेताहरुले जनाउनुभएको छ ।
असार २० गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र नेपाल पक्षका नेता भीम रावलबीच भेटवार्ता भएको भोलीपल्ट नै कार्यदल पुनः सक्रिय भएको थियो । एमाले एकताबद्धताका लागि कार्यदलले निरन्तर प्रयास गर्दै आएको छ । पार्टी अध्यक्ष ओली र नेपालको संयुक्त वक्तव्य प्रकाशन गर्ने तयारी सञ्चार माध्यमहरुमा सार्वजनिक भइरहेपनि यसबारे प्रतिक्रिया दिनुहुदै नेता नेम्वाङले आजको बैठकको विषय र छलफलले नै अन्य विषयलाई निर्धारण गर्ने बताउनुभएको थियाे । समग्रमा एमाले एकताका लागि कार्यदलको बैठक बस्न लागेको अन्यथा अन्य विषय अहिलेसम्म मुख्यरुपमा नउठेको भनाई नेम्वाङको छ ।