आतङ्कवादी आक्रमणमा पाकिस्तानमा तीन सिपाहीको मृत्यु

एटुजेड समाचार

उत्तरी पाकिस्तानमा आतङ्ककारी आक्रमणमा तीन सिपाहीको मृत्यु भएको छ । उक्त घटनामा अन्य एक सुरक्षाकर्मी घाइते भएका छन् ।
समाचार संस्था एएनआईका अनुसार उत्तरी वजरिस्तानको बेजा सुरक्षा जाँच केन्द्रमाथि आतङ्कवादी समूहले आक्रमण गरेको थियो । सूर्यास्त हुनु अघि भएको उक्त आक्रमणमा बाँचेका सुरक्षाकर्मीलाई अस्पताल भर्ना गरिएको छ । आतङ्ककारीले आक्रमणको क्रममा विशाल मात्रामा हतियार प्रयोगमा ल्याएका थिए । उक्त क्षेत्र अफगानिस्तान सीमासँग जोडिएको क्षेत्र हो ।
यसअघि गएको साता अफगानिस्तानको भूभागबाट तालिबान समूहले अन्धाधुन्ध गोली फायरिङ गर्दा पाकिस्तानको ट्राइबल जिल्लाको दवातोइ क्षेत्रमा दुई सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू