२८ जना सवार जहाज सम्पर्कविहीन

एटुजेड समाचार

एजेन्सी – रूसमा मंगलबार एउटा यात्रुवाहक जहाज सम्पर्कविहीन भएको छ। समाचार संस्था एएफपीका अनुसार २८ जना सवार जहाज सुदूरपूर्वी रूसमा सम्पर्कविहीन भएको हो।

२२ जना यात्रु र ६ चालक दलका सदस्य भएको एएन-२६ जहाज पेट्रोपाभलोभ्स्क-काम्चात्स्कीबाट कामचात्का प्रायद्वीपको पालाना जाँदै थियो। अवतरणको क्रममा रहेको जहाज ट्राफिक कन्ट्रोलबाट सम्पर्कविच्छेद भएको हो। के कारणले जहाज सम्पर्कविहीन भएको हो भन्ने खुलेको छैन।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु