जिप दुर्घटनामा एकको मृत्यु,चार घाईते दुई गम्भीर

एटुजेड समाचार

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा वडा नं ७ मा जिप दुर्घटना भएको छ । रास्कोटकै वडा नं २ सेराचौर बजारबाट जितेका लागि छुटेको कर्णाली प्रदेश क १ ज २३ नम्बरको जिप वडा नं ७ को रोटेकालापानी खोलामा अनियन्त्रित भएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटना परी चार जना घाईते भएका छन ।
जिप दुर्घटनामा परी मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा नं २ घर भएकी अन्दाजी ३७ वर्षिया पम्फा फडेरा रहेकी छिन । गाडीको अगाडीको सिटमा वसेका कारणले उकालोमा गाडी ठोकिएर पल्टी उहाँको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन । कामको सिलसिलामा मान्म आउने क्रममा दुर्घटनामा परी फडेराको मृत्यु भएको हो । दुर्घटना स्थलमा पुग्नु भएकी रास्कोट नगरपालिका उपप्रमुख मिम्सरा बम शाहीले एक जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । उहाँले घाईते सबैलाई उपचारका लागि जिल्ला अस्पताल मान्म पठाईएको बताउनुभयो ।
दुर्घटना परी घाईते हुनेहरुमा रास्कोट नगरपालिका वडा नं १ का ध्वज बहादुर शाही, उहाँको श्रीमती मैना शाही, वडा नं ३ का चक्र योगी वडा नं २ कविराज न्यौपाने रहेका छन । घाईते मध्य दुई जना गम्भीर छन भने दुई जना सामान्य रहेको उपप्रमुख शाहीले बताउनुभयो ।
गाडी स्टार्ट भएकै अवस्थामा रोकेर चालक बाहिर निस्केका कारण आफै गाडी गुडेर दुर्घटना भएको घाईतेहरुले बताएका छन । गाडी सडकको भित्तामा ठोक्किएर पल्टिएको थियो । यदी सडक भन्दा तल भीरमा गाडी झरेको भए कुनै पनि यात्रु जिवित नहुने उद्धारमा सहभागी वडा नं ६ का वडा अध्यक्ष टक्कबहादुर फर्सालले बताउनुभयो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू