चितवन -भरतपुरमा खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भयको छ । भरतपुर २६ खद्रौलिमा रमेश सुबेदिको रोपाईको लागि खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा च्यापियर चालकको मृत्यु भएको जिल्ला प्रहरि कार्यलय चितवनले जानकारि दिएको छ ।
मृत्यु हुनेमा ट्याक्टरका चालक भरतपुर २५ का ४६ बर्षिय टिकाराम न्यौपाने रहेका छन् । दुर्घटनाको खबर पायलगत्तै इलाका प्रहरि कार्यलय दिब्यनगरको प्रहरि टोलिलेघटनास्थलमा पुगेर जेसिबिको सहायतमा शवलाई बाहिर निकालियको थियो ।


