चितवनमा आज एकैदिन १६५ जनामा कोरोना पुष्टि, ८१ निको भए

एटुजेड समाचार

चितवन – चितवनमा पछिल्लो २४ घण्टामा एक सय ६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये एक सय ७ जना पिसिआर परीक्षणबाट हुन् भने ५८ जना एन्टिजेनबाट हुन् ।

उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै एक सय एक जना छन् । यस्तै खैरहनी नगरपालिकाका १५, माडीका ८, रत्ननगरका २४, राप्तीका १५ र कालिकाका २ जना रहेका छन् । अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या १६ हजार ७४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८१ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १५ हजार २०४ पुगेको कार्यालयले जनाएको छ । १ हजार २५५ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये एक हजार १३१ जना होम आइसोलेसनमा छन् भने ७२ जना अस्पताल तथा ३२ जना संस्थागत आइसोलेसनमा छन् ।

यस्तै चितवनमा कोरोना संक्रमणबाट २८७ जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या शुन्य छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू