चितवन – नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सेतिदोवान, चौ किलोलगायतका बिभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी खुलेको हो ।
दिउँसो १२ बजेबाट सडक एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्राफिक प्रहरीका अनुसार सडक एकतर्फी भए पनि साना सवारीलाई मात्रै चल्न दिइएको छ । ठुला तथा मालबाहक सवारी साधनलाई भने रोकिएको प्रहरीले जनाएको छ ।


