सुजिता भण्डारी प्रकरण: आक्रोसित स्थानीयद्धारा प्रहरीविरुद्ध नाराबाजी, शव ल्याउन दिएनन्

एटुजेड समाचार

चितवन – आइतबार मृत अवस्थामा भेटिएकी चितवनको राप्ती नगरपालिका ३ कि सुजिता भण्डारीको शव पोष्टमाटमका लागि ल्याउन खोज्दा स्थानीयले अवरोध गरेका छन् ।

भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै उनीहरुले शव ल्याउन अवरोध गरेका छन् । आक्रोसित स्थानीयले पूर्व–पश्चिम राजमार्ग नै अवरुद्ध गरेका छन् । उनीहरुले प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘प्रहरी प्रशासन मुर्दाबाद’, ‘हत्यारालाई फाँसी दे’ जस्ता नारा लगाएका छन् ।

युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरुले प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका हुन् । राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।

राप्ती नगरपालिका ३ बाट हराइरहेकी २३ बर्षिया सुजिता भण्डारीको शव आइतबार दिउँसो धमिलीको जंगलमा फेला परेको थियो । साथीको घर जान भनी ११ गते बिहान ६ बजे घरबाट निस्केकी भण्डारीको शव सडेगलेको अवस्थामा भेटिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु