चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका ३ कि सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले राजमार्गमा प्रदर्शन गरेका छन् । सयौंको संख्या सडकमा उत्रिएका स्थानीयले पूर्व–पश्चिम राजमार्गको झुरझुरेमा प्रदर्शन गरेका हुन् ।
स्थानीयको प्रदर्शनले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । प्रदर्शनकारीहरुले सडकमै सुतेर प्रदर्शन गर्दै हत्यारा पत्ता लगाउन माग गरेका छन् । उनीहरुले केही बेर एम्बुलेन्सलाई समेत रोकेका थिए।
राप्ती नगरपालिका ३ बाट हराइरहेकी २२ बर्षिया सुजिता भण्डारीको शव आइतबार दिउँसो धमिलीको जंगलमा फेला परेको थियो । साथीको घर जान भनी ११ गते बिहान ६ बजे घरबाट निस्केकी भण्डारीको शव सडेगलेको अवस्थामा भेटिएको थियो ।