साथीको घर जान हिनेकी चितवनकी सुजिताको शव ९ दिनपछी जंगलमा भेटियो

एटुजेड समाचार

चितवन – चितवनको राप्ती नगरपालिका ३ बाट हराइरहेकी २२ बर्षिया सुजिता भण्डारी को शव फेला परेको छ । साथीको घर जान भनी ११ गते बिहान ६ बजे घरबाट निस्केकी भण्डारीको शव आईतबार राप्ती नगरपालिका ३ धमिलीको जंगलमा फेलापरेको हो ।

तरकारी लिन साथिको घर जान्छु भनि घरबाट निस्केकी भण्डारीले ६ घण्टापछि अर्थात दिउँसो १२ बजे उनी आफैले चलाउदै आएको मोबाइल नम्बरबाट उनको दिदी कबिता भण्डारिको मोबाइलमा फोन गरेकी थिईन । फोनमा सुजिताले रुदै आफूलाई राप्ती १ सिमारा चोकबाट कसैले जबर्जस्ति गाडीमा हालेको र आँफु अपहरणमा परेको बताएकि थिईन । त्यसपछि उनको मोबाइल बन्द भएको थियो ।

सुजिताको फोन आएलगत्तै अपरहणमा परेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । सडेगलेको अवस्थामा भेटिएको शवको साँझ मात्र परिवारले सनाखत गरेका थिए । अहिले भण्डारीको शव घटनास्थलमानै र भोली अनुसन्धानलाई थप अघि बढाउने प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु