राष्ट्रिय सभाको बैठक केहीबेरमा बस्दै, गृहमन्त्रीले सम्बोधन गर्ने

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो दिउँसो १ बजे बस्ने बैठकमा उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने जनाइएको छ । गृहमन्त्री पौडेलले समसामयिक विषयमा बैठकमा सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका महासचिव डा.भरत पौडेलका अनुसार आजको बैठकमा राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु