चितवन – चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा सडक भाँसिएको छ । फिस्लिङ स्थित पृथ्वी राजमार्गमा सडक भाँसिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ३० मिटर लम्बाइ र १६ मिटर चौडाईमा सडक भाँसिएको हो । बिहान ११ बजेबाट सडक आँफै भासिन थालेको प्रहरीले जनाएको छ ।
सडक भाँसिएपछि मुग्लिन काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । प्रहरीले अयावश्यक सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।