मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

एटुजेड समाचार

एजेन्सी – कप्तान लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले पराजित गरेको हो ।

पेड्रो लुडिभिको स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जिताउन मेस्सीले एक गोल गरे भने दुई गोलका लागि एसिस्ट गरे । रोड्रिगो डे पउल र लाउटारो मार्टिनजेले एक-एक गोल गरे ।

खेलको ४०औं मिनटमा मेस्सीको पासमा रोड्रिगो डे पउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल थप्यो ।

अर्जेन्टिनाले खेल सकिन अन्तिम ६ मिनेट बाँकी रहँद दुई गोल गरेको हो । ८४औं मिनेटमा मेस्सीकै पासमा लाउटारो मार्टिनजेले गोल गर्दै अग्रता दोब्बर पारे ।

यस्तै इन्जुरी टाइमको तेस्रो मिनेटमा मेस्सीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे । यस संस्करण मेस्सीको यो चौथो गोल हो । उनी सर्वाधिक गोल गर्नेमा सबैभन्दा अघि छन् । इन्जुरी टाइमको दोस्रो मिनेटमा इक्वेडरका पिएरे हिनकापीले रातो कार्ड पाएका थिए।

अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । कोलम्बयाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू