एजेन्सी – इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति सम्पन्न अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० ले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्याण्डलाई जिताउन कप्तान ह्यारी केनले २ तथा ह्यारी मगुएरे र जोर्डन हेन्डरसनले एक-एक गोल गरे । खेलको चौथो मिनेटमै केनले गोल गर्दै इंग्ल्याण्डाई अग्रता दिलाएका थिए ।


४६औं मिनेटमा मगुएरले गोल गर्दै अग्रता दोब्बर पारे । केनले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ३-० को अग्रता दिलाए । ६३औं मिनेटमा हेन्डरसनले गोल गरेपछि इंग्ल्याण्ड ४-० ले बिजयी भयो ।
इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि डेनमार्कसँग खेल्नेछ। डेनमार्क शनिबार राति नै चेक रिपब्लिकलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।