सोमबारसम्म हस्ताक्षर फिर्ता नभए एकता हुँदैन : ओली

एटुजेड समाचार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, “अब एमाले अगाडि बढ्छ । जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ?”

ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गरे । “सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन,” उनले भने ।

एक दुई जना नेताहरूलाई वार्ताका नाममा लगाएर एमाले सिध्याउने काम भइरहेको उनेको भनाई छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु