चितवनमा थपिए ६६ कोरोना संक्रमित, ५६ निको भए

एटुजेड समाचार

चितवन – चितवनमा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ५९ जना पिसिआर परीक्षणबाट हुन् भने ७ जना एन्टिजेनबाट हुन् ।

उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ४५ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ७, रत्ननगरका १०, राप्तीका १ र कालिकाका ३ जना रहेका छन् । अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या १६ हजार ५११ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५६ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १४ हजार ९९७ पुगेको कार्यालयले जनाएको छ । १ हजार २२९ जना अझै आइसोलेसनमा छन् । उनीहरु मध्ये एक हजार ९८ जना होम आइसोलेसनमा छन् भने ९९ जना अस्पताल तथा ३२ जना संस्थागत आइसोलेसनमा छन् ।

यस्तै चितवनमा कोरोना संक्रमणबाट २८१ जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट एक जनाको मृत्‍यु भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू