रोट्रयाक्ट क्लब अफ कावासोतीमा लामिछानेको नेतृत्व

एटुजेड समाचार

नवलपुर – रोट्रयाक्ट क्लब अफ कावासोतीको अध्यक्षमा कुशल लामिछाने चयन भएका छन् । क्लबको हालै सम्पन्न बिशेष भेलाले लामिछानेको अध्यक्षतामा वर्ष २०२१/२२ का लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको निर्वाचित अध्यक्षमा सुधन लमसाल, उपाध्यक्षहरुमा शेष नारायण पौडेल र गोबिन्द सिग्देल, सचिवमा खेम सारु मगर नेपाल, सह सचिवमा धनराज थापा मगर, कोषाध्यक्षमा पुजा श्रेष्ठ र् सह कोषाध्यक्ष कल्पना सिग्देल चयन भएका छन् ।

क्लबको निर्देशकहरुमा क्रमश: निशा सुवेदी, अन्जु रिजाल, नारायणवीर खत्री, समिप अधिकारी, रोट्रयाक्ट प्रोमोसन आफिसरमा मेघराज काफ्ले, सम्पादकमा अमृत अधिकारी रहेका छन् । सर्जेन्ट एट आर्म निशा सुवेदी नै रहेकी छिन् ।

क्लबले स्थापनाको २ वर्ष पार गरी तेस्रो वर्षसम्म आइपुग्दा धेरै सामाजिक तथा उर्जाशिल कामहरु गरेको निबर्तमान अध्यक्ष परमानन्द गौतमले बताए ।  क्लबका मिडिया संयोजक धनराज थापा मगरले क्लबले छोटो समयमा राम्रो काम गरेर चर्चा कमाउन सफल भएको बताए । समाजिक सेवाभाव ‘फेलोशिप सँगै सेवा’ भन्ने मुलनारा बोकेको रोट्रयाक्ट क्लब विश्व स्तरमा स्थापित प्रतिष्ठित अन्तराष्ट्रिय क्लब हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु