पेरु र ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

एटुजेड समाचार

एजेन्सी – पेरु र ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । पेरु पाराग्वेलाई तथा ब्राजिल चिलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका हुन् ।

शनिवार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई टाईब्रेकरमा ४-३ ले गर्‍यो । पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो ।

टाईब्रेकरमा पेरुका लागि जियानलुका लापाडुला, योसिमर योटुन, रेनाटा तापिया र मिगुएल ट्राउकाले गोल गरे । सान्टियागो ओमेरनो र क्रिस्टिएन चुएभाले गोल गर्न सकेनन् । पाराग्वेका लागि एन्जल रोमेरो, जुनियर एलोन्सो र रोबर्ट पिरिसले मात्र गोल गरे । हेक्टर मार्टिनेज, सामु र अल्बर्टो एस्पिनोला गोल गर्न असफल भए ।

त्यसअघि जियालुका लापाडुलाले १५औ र ४०औं मिनेटमा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । योसिमर योटुनले ८०औं मिनेटमा गोल गरे । पाराग्वेका लागि गुस्ताभो गोमेजले ११औं, जुनियर अलोन्सोले ५४औं र गाब्रीएल अभालोसले ९०औं मिनेटमा गोल गरे ।

गुस्ताभोले पहिलो हाफको इन्जुरी टाइममा रातो कार्ड पाएपछि पाराग्वेले दोस्रो हाफभर १० खेलाडीमा रहेर खेलेको थियो । पेरुका आन्द्रे कारिला ८५औं मिनटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

उता शनिबार बिहाननै भेको दोस्रो सेमिफाइनल खेलमा १० खेलाडीमा सीमित ब्राजिलले चिलीलाई १-० ले पराजित गर्‍यो । ब्राजिललाई जित दिलाउन लुकास पाक्वेटाले एक मात्र निर्णाएक गोल गरे। दोस्रो हाफको सुरुवाती समय ४६ औं मिनेटमा लुकासले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

४८ औं मिनेटमा ग्याब्रियल जिससले रातो कार्ड पाएपछि ब्राजिल दबावमा आएको थियो। उनले विपक्षी खेलाडीलाई अनावश्यक फउल गरेपछि रेडकार्ड पाएका थिए। बाँकी समयमा थप गोल हुन सकेन र ब्राजिल बिजयी भयो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु