चितवन – नेपाल कम्युनिष्ट पार्टी चितवनले जिल्लामा चार महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको २१ औं जिल्ला बैठकले वर्तमान सरकार र स्थानिय तहका बिषयमा भण्डाफोर गर्दै चार महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले १९ वुद्धे निर्णयहरु सार्वजनिक गर्दै जिल्ला इन्चार्ज सन्देश पौडेलले सो बिषयमा जानकारी गराएका हुन् । अभियानका क्रममा बाटी कटान र डुवान लगाएत प्राकृतिक बिपत्तिमा राज्य र त्यस निकायबाट भएको उदासिनताको भण्डाफोर गर्ने, कोभिड उपचारमा देखिएको लापरवाही, चर्को शुल्क लगाएतका बिषयमा ध्यानाकर्षण गर्दै भण्डाफोर गर्ने, मलमा भएको कालाबजारी र अभावको भण्डाफोर र आबश्यक संघर्ष गर्दे रहेका छन् ।


यस्तै बिद्यार्थीहरुलाई अनलाई भर्ना, पढाई र मासिक शुल्क लगताएका अन्य बिषयमा अभिभावकसंग लिएको चर्को शुल्क रोक्ने, स्थानिय तहमा भएको भ्रषटचार, करको वृद्धि र जनबिरोधि कार्यका बिरुद्ध जागरण अभियान चलाउने, क्यान्सर अस्पताल बिरुद्धमा भएको षड्यन्त्रको बिरोध गर्ने, पार्टी संगठनको जालोलाई प्रभावकारी रुपमा अघि वढाउने, समाजवादी प्रणाली लागु गर्ने लगाएतका निर्णयहरु गरेको पौडेलले बताए ।
यी बाहेक जनसंस्कृतिक कार्यक्रम, अन्तरक्रिय , छलफल हुँदै सभामा पुगेर अभियान समापन हुने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै पौडेलले राज्यले सहमति अनुसार आफ्ना साथिहरु छोड्न हिचकिचाएको भन्दै तत्काल सुहमति अनुसार छोडन् समेत माग गरे । उनले भने, “हामी सहमती कार्यान्वयन गर्न तयार छौ । तर राज्यले सहमतिको पालना गर्नु पयो ।”
अझै हाम्रा १ सय ३५ जना अहिले आँफुहरु जनमतको पक्षमा रहेको र जनमत पुर्जिवादी गणतन्त्र कि समाजबादी गणतन्त्रको पक्षमा हुने उनको तर्क थियो । अहिलेको राज्य सत्ताबाट देशले निकास नपाउने भन्दै अव सत्ताप्रणालीनै परिवर्तन गर्नु पर्ने उनले बताए ।