काफ्लेको नेतृत्वमा लायन्स क्लब अफ रोयल चितवन गठन

एटुजेड समाचार

चितवन – अमृत काफ्लेको अध्यक्षतामा लायन्स क्लब अफ रोयल चितवन गठन भएको छ । आज (शुक्रबार) एक कार्यक्रमका बीच सामाजिक कार्यमा सक्रिय काफ्लेको नेतृत्वमा क्लब गठन भएको हो ।

क्लबको प्रथम उपाध्यक्षमा पारस अधिकारी, द्वितीय उपाध्यक्षमा सुमन घिमिरे, सचिवमा विनिता दाहाल र कोषाध्यक्षमा कृष्णकला कुँवर चयन भएका छन् ।

गठित क्लबका पदाधिकारीहरुको आजै पथस्थापन समेत भएको छ । लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी–२ नेपालका डिस्ट्रिक्ट एजुकेसन चिफ नवराज सापकोटा तथा लायन्स क्लब अफ कृष्णपुरका अध्यक्ष विनोद ढकालले नवगठित क्लबका अध्यक्ष काफ्लेलगायत पदाधिकारीलाई पदस्थापन गराएका हुन् ।

सिएमसीमा रक्तदान

चितवन मेडिकल कलेज (सिएमसी) मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ रोयल चितवन र नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सप्पन्न भएको हो ।

कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् । जसमा ४० पुरुष र १९ महिला छन् । कोभिड महामारीको समयामा जिल्लामा रगत अभाव हुन नदिन रक्तदान आयोजना गरिएको अस्पतालका व्यवस्थापक प्रताप देवकोटाले बताए ।

No description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू