शाक्यको नेतृत्वमा रोटरी क्लब अफ चितवनको नयाँ कार्यसमिति

एटुजेड समाचार

चितवन – रोटरी क्लब अफ चितवनको अध्यक्षमा ज्ञानेन्द्रमान शाक्य चयन भएका छन् । शाक्यको नेतृत्वमा वर्ष २०२१/२२ का लागि चयन भएको नयाँ कार्यसमितिको कार्यकाल सुरु भएको छ ।

क्लबको निर्वाचित अध्यक्षमा दीपक प्रधान, प्रेसिडेन्ट नोमिनीमा चन्द्रेश्वर भट्टराई, प्रथम उपाध्यक्षमा भानु शर्मा, द्धितिय उपाध्यक्षमा डाक्टर कृष्ण प्रसाद पौडेल, तृतिय उपाध्यक्षमा पुर्णिमा श्रेष्ठ, सचिवमा गोपाल भट्टराई, कोषाध्यक्षमा शाङ्ग्रिला श्रेष्ठ पिया तथा सह सचिवमा गोपाल गैरे चयन भएका छन् ।

यस्तै क्लबको निर्देशकहरुमा गेहेन्द्रमान श्रेष्ठ, ई. पुरन सुवेदी, रामप्रसाद सुवेदी, ॠषि न्यौपाने, राजन पिया, सर्जेन्ट एट आर्टमा जनककुमार ढकाल, सम्पादकमा रोशन खरेल, को-सर्जेन्ट एट आर्ममा मनोज बर्णवाल र सह-सम्पादकमा अमर घिमिरे छन् ।

यो कार्यसमितिको कार्यावधि एक वर्षको हुनेछ । जुलाई १ बाट यो कार्यसमितिको कार्यकाल सुरु भएको निवर्तमान अध्यक्ष रोशन पियाले जानकारी दिए । रोटरीले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

पियाको कार्यकालमा रोटरीले नारायणगढको लायन्सचोकमा पाँच तले रोटरी भवन निर्माण सुरु गरेको छ । अबको केही महिना भित्रै भवन निर्माण सम्पन्न हुने उनले बताए । सोही भवनमा मुटुरोगको उपचारका लागि कार्डिक सेन्टर पनि रहनेछ । उनकै कार्यकालमा तनहुँको बन्दीपुरमा १३ वडा सडक बत्ति जडान भएको छ । उक्त सडक बत्तिको रोटरी इन्टरनेशनलका अध्यक्ष शेखर मेहताले उद्घाटन गरेका थिए ।

सोही कार्यकालमा भरतपुर नौघरेस्थित चमेलीदेवी पिया स्कुलमा ३ तले भवन निर्माण, चितवन मेडिकल कलेजमा कोभिड संक्रमितको निशुल्क उपचारका लागि ३० थान भेन्टिलेटर सहयोग, लम्जुङका बाढी पीडित ७५ परिवारलाई ५ लाख २५ हजार बजारको राहत, फाइट अगेन्स्ट कोभिड अन्तर्गत भरतपुर अस्पताललाई डेढ लाख बराबरको स्वास्थ्य सामाग्री, रत्ननगरको बकुलहर अस्पताललाई स्वास्थ्य सामाग्री, मुग्लिनको हाइवे हस्पिटललाई १० थान वेड, औषधीलगायतका साँढे २ लाखको स्वास्थ्य सामाग्री सहयोग गरिएको थियो ।

यस्तै देवघाटको रोटरी करुणालयमा ३७ जना वृद्ध वृद्धालाई खान बस्नको व्य्वस्था, देवघाटकै थाहा सजाकृतमा वर्षभरी दैनिक एक सय जनालाई बिहान बेलुकाको खाना, सौरहाको मुसहर मोडल भिलेजमा एक जनालाई घर तथा बिभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गरिएको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु