नारायणगढ मुग्लिन सडक अवरुद्ध, रोकिए एम्बुलेन्स (फोटोफिचर)

एटुजेड समाचार

चितवन – अबिरल वर्षाका कारण पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध छ । नारायणगढ मुग्लिन सडक अन्तर्गत बिभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका–६ चार किलोमा ठुलो पहिरो खस्दा सडक अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन आज दिनभर नै लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उता दासढुङ्गा नजिकै १४ किलो भन्ने स्थानमा भने सडक एकतर्फी सञ्चालनमा छ । बिहीबार राति ठूलो ढुङ्गा पहाडबाट सडकमा खसेको थियो।

पहिरोको कारण सडक अवरुद्ध हुँदा यात्रा प्रभावित भएको छ । उक्त सडकखण्डमा सयौं सवारी साधनहरु रोकिएका छन् भने ठुलो जाम लागेको छ । पहिरोले सडक अवरुद्ध हुँदा आधा दर्जन बढी एम्बुलेन्सहरु पनि रोकिएका छन् । एम्बुलेन्सहरु रोकिदा उपचारका लागि काठमाडौं हिंडेका बिरामीहरु समस्यामा परेका छन् ।

तस्बिर : प्रेम सापकोटा (किरण) एटुजेड समाचार

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु