यूएईद्धारा आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा जान रोक

एटुजेड समाचार

काठमाडौं – यूएईले आफ्ना देशका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकलाई नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, नामिबिया, कंगो, युगाण्डा, सिरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया जान प्रतिबन्ध लगाएको हो ।

यी देशमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै बुधबारदेखि यात्रामा प्रतिबन्ध लगाएको प्राधिकरणलाई उद्धृत गर्दै खलिज टाइमले लेखेको छ । यात्रा प्रतिबन्ध कहिलेसम्म हो भन्ने खुलाएको छैन । तर यूएईमा रहेका कुटनीतिक नियोगका कर्मचारी, आपतकालीन उपचार गर्नुपर्ने बिरामी, आधिकारिक तथा प्राविधिक प्रतिनिधि र पहिले नै स्वीकृत व्यवसायीहरुलाई भने यो प्रतिबन्धले समेटेको छैन ।

यस्तै अरु देशमा जानको लागि आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेको र कोरोनाको भ्याक्सिन अनिवार्य लगाएको हुनुपर्ने जनाइएको छ । यूएईले गएको बैशाख २९ देखि नेपालसहित विभिन्न देशका नागरिकको यूएई प्रवेशमा समेत रोक लगाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु