केराबारीमा पहिरो, नारायणगढ मुग्लिन सडक खुल्न समय लाग्ने

एटुजेड समाचार

चितवन – अबिरल वर्षाका कारण पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा पहिरो खसेको हो ।

अबिरल वर्षाका कारण आज (बिहीबार) दिउँसो ३:३० बजे माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार सडक दुबैतर्फी रुपमा अवरुद्ध भएको छ ।

अहिले दुईवटा डोजरले पहिरो हटाउने काम गरिरहेको छ । ठाउँ-ठाउँमा पटक पटक पहिरो खसिरहेकोले सडक सुचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू