चितवनमा ८५ जना कोरोना संक्रमित थपिए, ५२ संक्रमणमुक्त

एटुजेड समाचार

चितवन – चितवनमा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ५९ जना पिसिआर परीक्षणबाट हुन् भने २६ जना एन्टिजेनबाट हुन् ।

उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ५३ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ४, माडीका १२, रत्ननगरका १०, राप्तीका ३, कालिकाका २ र इच्छाकामना गाउँपालिकाका एक जना रहेका छन् । अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या १६ हजार ३७० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५२ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १४ हजार ८५७ पुगेको कार्यालयले जनाएको छ । १ हजार २३० जना अझै आइसोलेसनमा छन् । उनीहरु मध्ये १ हजार १०२ जना होम आइसोलेसनमा छन् भने ९७ जना अस्पताल तथा ३१ जना संस्थागत आइसोलेसनमा छन् ।

यस्तै चितवनमा कोरोना संक्रमणबाट २८१ जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्‍यु भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू