चितवन – चितवनमा पहिरोले पुरिएर जनाको एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका १२ पर्खाल भन्ने ठाउँमा दुई घर पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको हो ।
३ जना अझै बेपत्ता रहेका छन् । वडाध्यक्ष अर्जुन चेपाङका अनुसार स्थानीय मोतिलाल चेपाङ र कृष्णलाल चेपाङको घर आज (बिहीबार) बिहान पहिरोले पुरिएको हो । मृतक पुरुषको पहिचान हुन बाँकी रहेको छ ।
मोतिताल चेपाङसहित उनको घरमा रहेका ३ जना र कृष्णलाल चेपाङको घरमा रहेका एक जना पहिरोले पुरिएको वडाध्यक्ष चेपाङले जानकारी दिए । बेपत्ता हुनेमा एक महिला, एक पुरुष र एक बालिका रहेका छन् ।
उनीहरुको खोजी कार्य भइरहेको छ । पहिरोले दुई दर्जन बढी पशुचौपाया पनि पुरिएको चेपाङले जानकारी दिए । पहिरोले अन्य केही घरमा पनि क्षती पुगेको छ ।