बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

एटुजेड समाचार

हेटौंडा – बागमती प्रदेशको प्रदेशसभा बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ । गत असार १ गते संसदमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेलगत्तै स्थगित भएको बैठक आजका लागि आह्वान गरिएको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि गत असार १ गते संसद्मा प्रस्तुत गरेको बजेट माथि छलफलका लागि प्रदेश सभा बैठक आह्वान गरीएको हो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि पूँजीगत तर्फ २९ अर्व ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ६६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ गरी कुल कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

आज ३ बजे बस्ने प्रदेशसभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले संसद्मा बजेटमाथि छलफल प्रारम्भ गरियोस् भनी सम्बोधन गरेलगत्तै बजेटमाथि छलफल प्रारम्भ हुनेछ । मन्त्री ढुंगेलको सम्बोधनपछि बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दलगत रुपमा प्रतिनिधिहरुले बजेट माथिको छलफलमा भाग लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

उनका अनुसार, प्रदेशसभा बैठक आगामी असार २१ गतेसम्म निरन्तर चल्ने बताए । त्यस्तै भोलि असार १८ गते बस्ने बैठकमा आज छलफलमा भाग लिन बाँकी रहेका सांसदहरुलाई समय दिने र उक्त समय सक्किएपछि आर्थिक मामिला मन्त्री ढुंगेलले बजेट पास गर्न संसद्मा पेश गर्ने कार्यसूची रहेको अमात्यले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु