सौराहामा बाढी पस्यो, होटलहरु डुबानमा

एटुजेड समाचार

चितवन – चितवनको रत्नननगर नगरपालिकास्थित सौराहा क्षेत्रमा बाढी पसेको छ । लगातारको वर्षाले पूर्वी चितवनका नदीहरुमा आएको बाढी पर्यटकीय नगरी सौराहामा पसेको हो ।

बुढी राप्ती र राप्ती नदीमा आएको बाढी सौराहा क्षेत्रमा पसेको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । बाढीले रिभर साइड नजिकका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् ।

बाढी बढ्दो क्रममा रहेकोले थप क्षेत्र डुबानमा पर्न सक्ने खतिवडाले बताए । नदीमा आएको बाढी जमिनको सतहभन्दा १ फिट माथिसम्म पुगिसकेको छ ।

सौराहामा बाढी पस्न थालेपछि होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले सामान सुरक्षित स्थानमा सार्न थालेका छन् । लगातार वर्षा हुन थालेपछि बुधवार नै व्यवसायीहरुलाई होटल तथा रेष्टुरेन्टका सामानहरु सुरक्षित स्थानमा सार्न आग्रह गरिएको खतिवडाले बताए ।

उनका अनुसार अधिकाशं व्यवसायीहरुले सामान सुरक्षित स्थानमा सारिसकेका छन् । बाँकी केही व्यवसायीहरुले अहिले सामान सारिरहेका छन् ।

तस्बिर : दीपेन्द्र खतिवडा, अध्यक्ष – रेबान सौराहा

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु