चितवनमा शुक्रबारदेखि पसलहरु ६ घण्टा खोल्न पाइने

एटुजेड समाचार

चितवन – चितवनमा शुक्रबारदेखि पसलहरु ६ घण्टा खोल्न पाइने भएको छ । यसअघि ४ घण्टा खुल्दै आएको पसलहरु शुक्रबारदेखि भने ६ घण्टा खुल्ने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले पसल खुल्ने समयावधि बढाउदै जारी निषेधाज्ञा असार २४ गतेसम्म थप गर्ने निर्णय गरेको हो । सेवाग्राहीहरु र व्यवसायीहरुको सहजतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

जसअनुसार अब इलोक्ट्रिल तथा इलेक्ट्रोनिक्स पसल, भाडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटारपार्ट्स, जुत्ता चप्पल, टेलरिङ्ग, प्रेस तथा फोटोकपी पसल आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजे देखि ६ बजेसम्म खोल्न पाइने प्रशासनले जनाएको छ । यस अघि दिउँसो १२ देखि ४ बजेसम्म ४ घण्टा मात्रै खोल्न पाइने व्यवस्था थियो ।

यस बाहेक अत्यावश्यक सेवा दिने खाद्यान्न, तरकारी तथा फलफुल, दुध, माछा मासु, औषधी, ग्याँस, निर्माण सामाग्री सम्बन्धी पसल तथा पुस्तक पसल भने यस अघिकै समय अनुसार दैनिक बिहाना ६ देखि १० बजेसम्म खोल्न पाइनेछ । दुध डेरीको हकमा भने साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न पाइनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु