चितवनमा अबैध लागुऔषध कारोबार गर्ने ३ जना पक्राउ
चितवन – चितवनमा अबैध लागुऔषध कारोबार गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १७ लंगौटाकी २९ बर्षिया बिष्णुमाया थापामगर, भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारी ईन्द्रेणी टोलका २४ बर्षिय रोशन बुढाथोकी र भरतपुर महानगरपालिका वडा नम्बर २ का २६ बर्षिय योजन पोख्रेल रहेका छन् ।
प्रतिवन्धित लागू औषध गाँजा बिक्री बितरण गरिरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी टोली खटि घरमा चेकजाँच गर्दा बिष्णुमाया थापामगरको कोठामा प्रतिबन्धित लागू औषध गाँजा ४०० ग्राम र नगद रु. १०,४०० रुपैया फेला पारीएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाले बताए ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारी ईन्द्रेणी टोल स्थित बिनय ठाकुरको घरमा डेरा गरी बस्ने योजन पोख्रेलले लागु औषध बिक्री बितरण गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरी टोलि खटि खानतलासि गर्दा प्रतिबन्धित लागू औषध डाईजेपाम २२ एम्पुल,फेनार्गन २३ एम्पुल नुर्पिन १२ एम्पुल गरी जम्मा ५७ एम्पुल फेला पारीएको डिएसपी थापाले बताए । उनिहरुलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरिले जनाएको छ।
तपाइँको प्रतिक्रिया