भरतपुरको शारदानगरमा महानगरको १५ शय्याको अस्पताल

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिकाले शारदानगरमा कोभिड अस्पताल स्थापना गरेको छ । कोरोनाको महामारीमा नागरिकलाई नि:शुल्क उपचारका लागि महानगरले वडा नम्बर १९ शारदानगरमा १५ शय्याको आफनै अस्पताल स्थापना गरेको हो ।

केहि दिन अघि मात्रै शिवनगरमा १५ शय्याको अस्पताल स्थापना गरेको महानगरले शारदानगरमा पनि १५ शय्याको कोभिड अस्पताल स्थापना गरेको हो । उक्त अस्पतालले आज (आइतबार) बाट सेवा शुभारम्भ गरेको छ । अहिले ४ जना चिकित्सकसहित केही नर्स र अन्य कर्मचारीहरुबाट सेवा सुरु गरिएको हो । अस्पतालको आज एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहालले उद्धघाटन गरिन् ।

अस्पतालको उद्घाटन गर्दै मेयर दाहालले शारदानगरमा महानगरले आफनै अस्पताल स्थापना गर्न पाउदा निकै खुसि लागेको बताईन् । अहिले कोरोना अस्पतालका रुपमा स्थापना गरेपनि यसलाई महानगरले स्थायी अस्पतालका रुपमा विकास गर्ने र यसले पश्चिम चितवनबासीलाई धेरै लाभ हुने दाहालको भनाई छ ।

स्वास्थ्य केन्द्रको परिसरमा रहेको ५४ सालमा निर्माण भएको पुरानो भवनमा अहिले अस्पताल सञ्चालन गरिएको छ । आगामी दिनमा भौतिक संरचना निर्माणका लागि केन्द्र सरकारसंग पनि आफुहरुले पहल गर्ने र यो अस्पताललाई सबै हिसावले सुबिधा सम्पन्न बनाइने उनले बताईन् । कोभिड १९ को संक्रमण रहेसम्म अस्पतालबाट संक्रमितलाई सेवा दिइने र त्यसपछि अरु सबै खाले सेवा दिने अस्पतालका रुपमा दुबै विकास गरिने दाहालको भनाई छ ।

संघीय सरकारको १ पालिका १ अस्पताल कार्यक्रम अन्तर्गत शारदानगरमा २५ शय्याको अस्पताल निमार्ण गर्ने योजना रहे पनि संघिय सरकारबाट बजेट नपाउदा नयाँ अस्पताल स्थापना गर्न नसकिएको उनले बताईन् । उनले यसैलाई २५ शय्याको अस्पताल बनाउनु पर्छ भनेर संघिय सरकारमा खवरदारी गरिरहेको बताईन् ।

उपप्रमुख पार्वति शाह ठकुरीले शारदानगर अस्पताललाई भरतपुर महानगरको आफ्नै अस्पतालका रुपमा विकास गर्न पाउदा खुसि लागेको बताइन् । १५ बेडबाट यसलाई आगामी दिनमा ५० बेड सम्म पुर्याउने योजना रहेको भन्दै उनले महानगरले पहिलो प्राथमिक्ताका साथ बजेट विनियोजन गर्ने उनको भनाई छ । नागरीक स्वास्थ्य रहेमात्रै अरु धेरै करा गर्न सकिने भएकाले नगरबासिलाई स्वस्थ्य राख्ने आफुहरुको प्रमुख दायित्व रहेको शाहको छ ।

सो अवसरमा अस्पतालका अध्यक्ष तथा वडा अध्यक्ष कर्ण बहादुर गुरुङले अस्पतालको विकासमा मेयर तथा उपमेयरबाट आएको प्रतिबद्धताले उत्साही बनाएको बताए । “मेयर र उपमेयर बाट जुन प्रतिवद्धता आएको छ । यसलाई चाडै नै कार्यान्वयन होस् नत्र भने मेयर र उपमेयरले सहयोग गर्ने भनेका थिए वडा अध्यक्षले काम गर्न सकेन भनेर जनताले मलाई गाली गर्छन, अध्यक्ष गुरुङंले भने, त्यसैले बोलेको कुरा चाडै पुरा होस ” उनले सबै नागरिकले अस्पतालको विकासमा सहयोग गर्न आवश्यक रहेको बताए । उनले अस्पतालमा आवश्यक जनशक्ति पुर्वाधार उपकरण लगायतका लागि आगामी दिनमा थप सहयोग गर्न महानगरसँग आग्रह गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु