दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेजीको तयारीमा एमाले
काठमाडौं – नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए ।
‘१६ गते बिहान ११ बजे बस्ने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने निर्णय भएको छ । त्यसपछि केन्द्रीय कमिटीबाट थप निर्णय हुन्छ,’ उनले भने । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । त्यही बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको छ ।
केन्द्रीय सदस्य विष्णु रिजालले पनि महाधिवेशन आयोजक कमिटी निस्क्रिय बनाइने तयारी भएको बताए । अध्यक्ष ओलीले २३ जेठमा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । तर उक्त ६ बुँदेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहमत छैन ।
तपाइँको प्रतिक्रिया